नियम १५
वर्गीकरण अधावधिक गर्न निवेदन दिनुपर्ने
(१) ऐन प्रारम्भ हुनु अघि दर्ता भएका उद्योगले ऐन बमोजिम वर्गीकरण हुन चाहेमा देहायको कागजात र विवरण संलग्न गरी अनुसूची-१७ को ढाँचामा उच्योग दर्ता गर्ने निकायसमक्ष निवेदन दिनु पर्नेछः- (क) उच्चोगको वर्गीकरण अद्यावधिक गर्ने सम्बन्धमा सञ्चालक समितिको निर्णय,

(ख) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,

(ग) अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र,

(घ) अख्तियारनामा दिएको भए सोको सक्कल पत्र, र

(ङ) कुन वर्गमा अद्चावधिक गर्ने हो सो वर्गको लागि अद्यावधिक हुन योग्य भएको पुष्टि हुने कागजात विवरण ।

(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन जाँचबुझ गर्दा उद्योगको वर्गीकरण गर्नु उपयुक्त देखिएमा उद्योग दर्ता गर्ने निकायले सात दिनभित्र: त्यस्तो उद्योगको वर्गीकरण अच्चावधिक गरी सोको जानकारी निवेदकलाई दिनु पर्नेछ।